नेप्सेमा ३.१४ अंकको सुधार, ८ अर्ब ६२ करोडको कारोबार 

काठमाडौं : साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से ३.१४ अंकले बढेर २ हजार ७ सय ४३ दशमलब ७४ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ८ अर्ब ६२ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १५८ को घटेको छ भने ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

Seti Hospital

आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, वीन नेपाल लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।

बिहीबारको कारोबारमा बाराही हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ८.३५ प्रतिशतले घटेको छ । गरिमा समृद्धि योजनाको शेयरमूल्य पनि आज ७.७० प्रतिशतले घटेको छ ।

नेपाल रिपब्लिक कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ६५ करोड ६६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार