देउवा आज भारतको प्रयागराज जाँदै, भोलि कुम्भ स्नान

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (बिहीबार) भारतको प्रयागराजमा जाँदैछन्। उनी आज ३ बजे काठमाडौँबाट दिल्ली पुग्ने सेड्युल छ। उनी प्रयासराज जाने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनले भोलि कुम्भ स्नान गर्नेछन्।

उनी उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताको रूपमा देउवा सहभागी हुने भएका हुन्। कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन्। कुम्भमेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको कांग्रेस स्रोतको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार