संविधान सभाका सदस्य सापकोटाको निधन

काभ्रे : संविधान सभाका सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ। सापकोटाको आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा निधन भएको एकीकृत समाजवादीले जनाएको छ। 

५९ वर्षीय सापकोटा नेकपा (एमाले) काभ्रेको सचिव भएर लामो समय नेतृत्व गरेका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन अवस्थामा काभ्रे निर्वाचन क्षेत्र ४ बाट निर्वाचित भएका थिए। 

सापकोटाको पार्थिव शरीर बिहीवार पार्टी कार्यालय आलोकनगरमा केहीबेर श्रद्धाञ्जलीका लागि राखेर आजै पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य लक्ष्मण लमसालले अन्नपूर्णलाई जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार