अभिनेत्री शिल्पा डिभाेर्सपछि पुगिन् ओशो

काठमाडौँ : अभिनेत्री शिल्पा पोखरेलले ओशोको संन्यास दीक्षा ग्रहण गरेकी छन्। अभिनेत्री तथा ओशो सन्न्यासी सोभिता सिम्खडाले सामाजिक सञ्जाल मार्फत शिल्पाले संन्यास दीक्षा लिएको जानकारी दिएकी हुन्।

शिल्पाले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको संन्यास दीक्षा ग्रहण गरेकाे बताएकी छन्। स्वामीले उनलाई ‘माँ प्रेम हाँस्या’ नाम दिएका छन्।

Galaxy

शिल्पालाई ओशो परिवारमा स्वागत गर्दै उनले लेखेकी छन्, नायिका शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्त्व स्वामी आनन्द अरुणको हातबाट ओशोको नवसंन्यास दीक्षा ग्रहण गरी ‘माँ प्रेम हाँस्या’ बनेकोमा अत्यन्त हर्षित छु।

अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी उज्यालो भविष्यतर्फ डोर्यायोस र आध्यात्मिक यात्राले नयाँ अर्थ प्रदान गरोस् धेरै धेरै शुभकामना।’ शिल्पाको केही समयअघि पति छविराज ओझासँग सम्बन्ध बिच्छेद भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार