सुनको मूल्य अहिले सम्मकै उच्च, आज कति पुग्यो ?

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार एक सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार