दार्चुला : दार्चुलाको एउटा विद्यालयमा मोबाईल फोन निषेध गरिएको छ । जिल्लाको दुहुँ गाउँपालिकामा रहेको पिपलचौरी माध्यमिक विद्यालयले विद्यालय समयमा मोबाईल फोन निषेध गरेको हो ।
विद्यालय समयमा विद्यार्थीहरुलाई मोबाईल फोन निषेध गरिएको विद्यालय प्रशासनले जनाएको छ । दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधि, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक र विद्यार्थीको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको थियो ।
सोमबार भएको अन्तरक्रिया कार्यक्रम पछि विद्यालयका सरोकारवालाहरुको भेलाले विद्यालयमा विद्यार्थीले मोबाईल फोन बोक्न नपाउने लगायतका विभिन्न निर्णयहरु गरेको थियो ।
जसमा आगामी दिनमा अभिभावकले विद्यार्थीहरूलाई नियमितरूपमा विद्यालय पठाउनुपर्ने, अनुपस्थित विद्यार्थीबारे जानकारी गराउने, विद्यार्थीलाई मोबाइल पूर्णरूपमा प्रतिबन्ध गराउने, गृहकार्य नियमित दिने र चेकजाँच गर्ने लगायतका निर्णयहरु रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्रसिँह बोहराले बताए ।
विद्यालयको वर्तमान अवस्था र नतिजा सुधारका लागि विद्यालयले चालू शैक्षिक सत्रमा सञ्चालन गरेका प्रयासहरूबारे पनि प्रधानाध्यापक सिँहले जानकारी गराएका थिए ।
प्रतिक्रिया दनुहोस्