‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक

काठमाडाैँ : महाशिवरात्रीको अवसरमा फागुन १४ देखि प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ७ सेकेण्डको ट्रेलरमा डिभी परेपछि अमेरिका जाने तयारी गरिरहेका एक युवककाे माेहलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायत कलाकारको अभिनय छ।

Seti Hospital

फिल्मका निर्देशक निरोज महर्जन हुन्। फिल्मको कथा पनि उनले नै लेखेका छन्। सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन छ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा रौनक विक्रम कडेल निर्माता रहेको फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र सह(निर्मातामा एनि थापा छन्।

यस्ताे छ ट्रेलर 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार