गोदावरी नगरपालिकाले निःशुल्क लोकसेवा र शिक्षा सेवाका तयारी कक्षा सञ्चालन गर्ने

कैलाली : कैलालीको गोदावरी नगरपालिकाले निःशुल्क लोकसेवा आयोग र शिक्षा सेवा आयोगका तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै लोकसेवाको चौथो र पाँचौँ तथा निमावि, प्राविको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने जनाएको हो ।

तालिममा महिला, दलित, जनजाति, अपाङ्गता भएका र आर्थिक अवस्था कमजोर भएका व्यक्ति सहभागी हुन सक्ने जनाइएको छ । आर्थिक अवस्था कमजोर भएको हकमा भने वडा कार्यालयको सिफारिस चाहिने छ ।

Seti Hospital

तयारी कक्षामा सहभागिताका लागि फागुन १५ गते भित्र नगरपालिकामा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रयाग राज जोशीले बताए । तयारी कक्षा एक महिना सञ्चालन हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार