दार्चुला : दार्चुलामा गाई बस्तुको लागि राखेको खरमा आगो लगाउने एक पुरुष पक्राउ परेका छन् । सोमबार दुहुँ गाउँपालिका – ३ का ४१ वर्षीय इन्द्र बोहरा खरमा आगो लगाएको आरोपमा पक्राउ परेका हुन ।
उनले फागुन ३ गते चन्द्र सिंह बोहरा, गोपाल बोहरा र पदम सिंह बोहराको खरका ७ वटा थुप्रोमा आगो लगाएका थिए । सो आगलागीबाट खर राखेको काठ, सोही नजिक रहेका बोट बिरुवाहरू र तरकारी बालीमा समेत गरी ३ लाख ७८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीले आगो लगाउने इन्द्र बोहरालाई आपराधिक उपद्रो गर्न नहुने कसुर मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दनुहोस्