बाजुराका किसानलाई अन्नबालीभन्दा सुन्तला खेतीले फाइदा

बाजुरा : बाजुराका गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएकि छिन् । गाउँमा सधैँ अन्नबाली लगाएको जमिनमा पछिल्लो समय उनले सुन्तला खेती गर्न सुरु गरेपछि अहिले राम्रो कमाइ गर्न थालेकि हुन् ।

गाउँमा अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ हुन थालेको गौमूल गाउँपालिका–४, विजय ढुङ्गाकी किसान पारू रोकायाले बताए । उनले भनिन्, “पहिला गाउँमा भएको जमिनमा अन्नबाली लगाउने गरेको थिएँ । त्यसबाट पेट पाल्नै सकस भएको थियो ।” अहिले सुन्ताल बिक्री गरेर वार्षिक दुईरचार लाख आम्दानी हुन थालेपछि घरपरिवार सुखले पालिने गरेको रोकायाले बताए ।

Seti Hospital

रोकायाले २०७४ सालमा झन्डै पाँच रोपनी जमिनमा सुन्तला खेती गरेका थिए। गाउँमा रहेको पाखो जमिनमा राम्रो खेती नहुने भएपछि उनले त्यो जमिनमा सुन्तला खेती सुरु गरेका हुन् । गौमूल गाउँपालिकाले एक सय र अन्य नौ सय बोट आफैँले खरिद गरेर पाँच रोपनीमा झन्डै एक हजार सुन्तलाको बोट लगाएका थिए । बारीमा लगाएका सबै सुन्ताल अहिले लटरम्म फल्ने गरेका छन् । अन्नबालीभन्दा सुन्तला खेतीले राम्रो कमाइ गर्न सकिने उद्देश्यले रोकायाले केही वर्ष पहिला यहाँको पाँच रोपनी पाखो जमिनमा सुन्तला खेती सुरु गरेका हुन् ।

भोको पेट पाल्नका लागि सबै भारतमा कामको खोजीमा जाने गरेका उनका श्रीमान् अहिले सुन्तला बिक्रीमा व्यस्त छन् । सुन्तला खेतीले अहिले उनले छोराछोरीलाई समेत राम्रो शिक्षादीक्षा दिँदै आएकि छिन् । पहिलो पटक परीक्षणका लागि रोपेका सुन्तलाले राम्रो कमाइ हुन थालेपछि अहिले उनले गाउँमा रहेको अन्य बाँझो जमिनमा समेत सुन्तला खेती गर्ने तयारी भएको रोकायाले बताए ।

पछिल्लो समय यहाँको हिमाली, स्वामीकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदहलगायतका पालिकामा सुन्तला उत्पादन हुने गरेको छ । यसरी बाजुरामा उत्पादन गरेको सुन्तला बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानको व्यवस्था मिलाउँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार