धनगढी : कैलालीको गोदावरी, धनगढी र भजनीबाट अवैध सामान बरामद गरिएको छ । सोमबार धनगढी उपमहानगरपालिका –२ सिसा पोष्ट, वडा नम्बर ९ त्रीवेणीघाट, गोदावरी नगरपालिका – ३ चौकिडाँडा, भजनी नगरपालिका – ३ ठेकीपुर र वडा नम्बर ८ खैराबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका समान प्रहरीले बरामद गरेको हो ।
सो ठाउँबाट २ लाख ४१ हजार १८० रुपैयाँ बराबरको प्याज, चिनी, नरिवल, कपी, पेन्सिल, बिडी, सुर्ती, सुट पिस, कुर्ता, माछा, कस्मेटिक लगायतका सामानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्