डोटी : डोटीको आदर्श गाउँपालिका– ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ । गाउँपालिकाले वडा कार्यालयलाई एम्बुलेन्स प्रदान गरेको हो । नयाँ एम्बुलेन्सको सोमबार गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा ल्याएका हुन ।
सो पश्चात बोल्दै अध्यक्ष खड्काले बिरामीहरुलाई आवश्यक समयमा उपचारका लागि अस्पतालसम्म लैजानका लागि सहयोग होस भन्ने उद्देश्यले वडा कार्यालयलाई एम्बुलेन्स दिईएको बताए । उनले वडाबासी तथा आमनागरिकलाई थप उपचारका लागि बाहिर जान एम्बुलेन्स आएपश्चात सहज हुने विश्वास व्यक्त गरे ।
‘बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुनेछ’ उनले भने । भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेका वडाका लागि पालिकाको आफ्नै स्रोतबाट एम्बुलेन्स खरिद गरिएको बताईएको छ ।
प्रतिक्रिया दनुहोस्