जोरायलस्थित भीमदत्त राजमार्गको रुवशकाडामा दुर्घटना, एक जना घाइते

धनगढी : भीमदत्त राजमार्गको रुवशकाडामा बस र मोटरसाइकल आपसमा ठोक्किदाँ एक जना घाइते भएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ रुवशकाडा स्थित भीमदत्त राजमार्गमा  सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ।

भीमदत्त राजमार्गमा बुडर देखी डडेलधुरा तर्फ जादै गरेको चालक डोटीको शिखर नगरपालिका–२ का २६ वर्षीय रमेश पार्कीले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१० प ६७३८ नम्बरको मोटरसाइकल र विपरित दिशा तर्फ जादै गरेको कैलालीको गोदावरी नगरपालिका–०४ बुढीतोलाका ३२ वर्षीय वीरेन्द्र खत्रीले चलाएको सुदूरपश्चिम प्रदेश्र ०१००१ ख ३४१३ नम्बरको बस आपसमा ठोक्किदा मोटरसाइकल चालक रमेश पार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते पार्किलाइ उपारका लागी मायामेट्रो अस्पताल धनगढी पठाइएको जनाइएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार