विपिनको रिहाइमा सहयोग गर्न इरानका विदेशमन्त्रीसँग आग्रह : परराष्ट्रमन्त्री देउवा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री देउवा र इरानी विदेशमन्त्रीबीच भेटवार्ता भएको हो ।

वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री राणाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेकी थिइन् ।

khadya

केही दिनअघि पनि परराष्ट्रमन्त्री राणाले इरानी विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्दै जोशीको रिहाइको लागि पहल गरिदिन आग्रह गरेकी थिइन् । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आश्वासन इरानका विदेशमन्त्रीले दिएका छन् ।

सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री राणाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेकी थिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार