डिस्चार्ज भएपछि अर्थमन्त्री पौडेलद्धारा नर्स, चिकित्सकदेखि सुरक्षाकर्मीप्रति आभार व्यक्त

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थयकर्मीदेखि सुरक्षाकर्मीप्रति आभार प्रकट गरेका छन् । पोखराको एक कार्यक्रममा सहभागी हुने क्रममा बेलुन पड्किए भएर आगलागीको घट्नामा परी घाईत भएर उपचारपछि डिस्चार्ज भएपछि पौडेलले यस्तो आभार प्रकट गरेका हुन् ।

उनले फेशबुकमा लेखेका छन्–

Seti Hospital

यही २०८१ साल फागुन ३ गते पोखरामा आयोजित ूपोखरा भ्रमण वर्ष( २०२५ू को औपचारिक घोषणा कार्यक्रममा बेलुन बिस्फोट भई म र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भयौं । घटना लगत्तै पोखराको गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचार र काठमाडौंको कीर्तिपुर अस्पतालमा थप उपचारका गरि आज फागुन ५ गते डिस्चार्ज भएको छु ।
घटना पश्चात् उपचारमा संलग्न हुनुभएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत व्यवस्थापनमा सहयोग गर्नुहुने र स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुप्रति आभार व्यक्त गर्दछु । महानगर प्रमुख धनराज आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार