नेपाली विद्यार्थीलाई क्याम्पस छोड्न ‘ओडिसा विश्वविद्यालय’ को निर्देशन

काठमाडौं : भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीलाई क्याम्पस छाड्न निर्देशन दिएको छ । 

केआईआईटीको होस्टलमा आइतबार साँझ एकजना नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रजिस्ट्रारको कार्यालयले एक सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न भनेको हो । 

Seti Hospital

“नेपालबाट आउने सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । उनीहरूलाई १७ फेब्रुअरी आज तुरुन्तै विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ,” सूचनामा भनिएको छ ।आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा नेपाली छात्रा मृत अवस्थामा भेटिएकी थिइन् । मृतक बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ ।

उनको मृत्युको कारण अझै पत्ता लागेको छैन । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवहार गरेको अडियो समेत पोस्ट गरेका छन् । 

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको स्रोतको दाबी छ ।  घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वारबाहिर विरोध प्रदर्शन गरेका थिए विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका थिए । 

स्रोतका अनुसार मृतकको शवलाई अहिले पोस्टमार्टमका लागि क्यापिटल अस्पताल लगिएको छ । सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञानरञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् । उनी होस्टेलमा बस्दै आएकी थिइन् र आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उनले उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छिन् ।“विश्वविद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त केटालाई प्रहरीले पक्राउ गरेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

समबन्धित समाचार