धनगढी एफसीको सहायक प्रशिक्षकमा भिष्म भाट नियुक्त

धनगढी : नेपाल सुपर लिग एनएसएल फ्रेन्चाईजी टोली तथा साविक उपविजेता धनगढी एफसीले सहायक प्रशिक्षकमा भिष्म भाटलाई नियुक्त गरेको छ। गो ड्रिमर्सको स्वामित्वमा रहेको धनगढीले आज धनगढीमा एक कार्यक्रम गर्दै भाटलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको हो।

सहायक प्रशिक्षक भाट र गो ड्रिमर्सका अध्यक्ष सुवाश शाही बीच तेस्रो संस्करणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सहायक प्रशिक्षकमा नियुक्त भएपछि भाटले आफ्नै शहरको टीममा काम गर्न पाउँदा खुशी लागेको बताए। उनले टोलीलाई उत्कृष्ट नतिजा दिलाउनका लागि आफ्नो तर्फबाट लाग्ने पनि बताए।

Seti Hospital

यस्तै क्लबले देवेन्द्र तामाङ, रामचन्द्र वाझी र रन्दिप पौडेललाई रिटेन गरेको छ। देवेन्द्रलाई ए क्याटोगोरी र रामचन्द्र तथा रन्दिपलाई बी क्याटोबारीमा रिटेन गरेको हो। देवेन्द्र गत सिजन धनगढी एफसीको कप्तान समेत रहेका थिए। तीन जना खेलाडीलाई रिटेन गर्न पाउने नियम अनुसार उनीहरुलाई रिटेन गरेको धनगढी एफसीले जनाएको छ।

धनगढीले यसअघि नै कृतिशरत्न छुन्जुलाई मार्की प्लेयर नियुक्त गरिसकेको छ। क्लबले आईतबार २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डरलाई मार्की बनाएको थियो। छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए। दोस्रो सिजन भने धनगढी पुगेका हुन्। धनगढी दुवै संस्करणको उपविजेता टोली हो।

पहिलो संस्करणको फाईनलमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएको थियो। अर्को संस्करणमा भने ललितपुर सिटीले हराउँदै उपाधि उचाल्यो। तेस्रो संस्करणको अक्सन यही १० गते शनिबार हुँदैछ। यसपल्ट धनगढी सहित सात टोलीले प्रतिस्पर्धा गर्दैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार