कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

रुपन्देही : रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । भारत, उत्तर प्रदेशको आजमगढ–वाराणसी रोडमा गाडी डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा देवदह–९ का गणेश खनाल, उनकी श्रीमती दीपा खनाल, र गीता शर्मा रहेका छन् ।

दुर्घटनामा सवारी चालकसहित पाँच जना घाइते भएका छन्, जसमा कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर, र भारतीय चालक रितेश दुबे छन् । उनीहरूलाई प्रारम्भिक उपचारपछि गोरखपुर पठाइएको छ ।

khadya

युपी ५३ एफडी ४२८८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो, र प्रारम्भिक अनुसन्धानअनुसार चालक निदाएको आशंका गरिएको छ । कुम्भ मेला स्नानका लागि गएका ३५ तीर्थालुमध्ये यो गाडी दुर्घटनामा परेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार