फार्मेसीबाटै लागुऔषध बिक्री गर्ने सञ्चालकसहित २ जना पक्राउ

धनगढी : कैलालीमा फार्मेसीबाटै लागुऔषध बिक्री हुने गरेको पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाको इमानोयल फार्मेसीका सञ्चालक ३८ वर्षीय मेसक चौधरी र सोही ठाउँका १९ वर्षीय अमृत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन।

कैलाली प्रहरीले उनीहरूलाई प्रतिबन्धित औषधी बिक्री गरेको आरोपमा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले फार्मेसी सञ्चालक मेसकबाट १७ ट्याबलेट नेमेडोल र अमृतको साथबाट ४३ ट्याबलेट ट्रमेडोल औषधी बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार