मुख्यमन्त्री बन्न चुनाव लडें, तर सत्ता समीकरणले अलमलमा परे : खगराज भट्ट

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशसभा सदस्य खगराज भट्टले मुख्यमन्त्री बन्ने लक्ष्यका साथ चुनाव लडेका भए पनि गठबन्धनको परिवर्तनले आफू अलमलमा परेको खुलासा गरेका छन् । आइतबार परशुराम नगरपालिका–४, कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) उद्घाटन समारोहमा बोल्दै उनले मुख्यमन्त्री नबन्ने थाहा पाएकाे भए चुनाव नलड्ने बताएका छन् ।

भट्टका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएका थिए । तर, चुनावपछि गठबन्धन परिवर्तन भएसँगै परिस्थिति बदलियो । उनले भने, “गठबन्धनको समीकरण फेरबदल हुँदै जाँदा अहिले कांग्रेस प्रतिपक्षमा छ, माओवादीको स्थिति अन्योलमा छ, र म पनि अलमलमा छु ।”

khadya

यदि मुख्यमन्त्री बनेको भए डडेल्धुरामा ठूला विकास योजनाहरू ल्याउने योजना रहेको बताउँदै भट्टले सत्ताको पहुँचबिना ठूला विकास कार्य सम्भव नभएको बताए । उनले पूर्व भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराको उदाहरण दिँदै भने, “उहाँले जितेर भौतिक मन्त्रालय पाएर केही ठोस काम गर्नुभयो । म चाहिँ मुख्यमन्त्री बन्ने आशामा चुनाव लडें, तर अन्ततः एक महिनामै बिना विभागीय मन्त्री भएर रहनुपर्‍यो ।”

प्रदेश सरकारको नीति निर्माण प्रक्रियाबारे आफ्ना अनुभव सुनाउँदै भट्टले भने, “ठूला योजनाहरू सिंहासनमा बसेर मात्र कार्यान्वयन हुने रहेछन् । घरमै बसेर बजेट आउने भए त तपाईंहरू पनि योजना ल्याइहाल्नुहुन्थ्यो ।” उनले बजेट विनियोजन प्रक्रियामा पहुँच नहुँदा स्थानीय विकासमा कठिनाइ भइरहेको बताए ।

भट्टले सुदूरपश्चिमका विकास योजनाहरूमा ध्यान दिनुपर्ने भन्दै प्रदेश सरकारलाई खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले दैजी-जोगबुढा सडक परियोजनाको उदाहरण दिँदै पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवासँग बैकल्पिक सडक निर्माणको पहल गरे पनि सुनुवाइ नभएको गुनासो पोखे ।

अन्त्यमा, भट्टले आफूसँगको विकास योजनाको समीक्षा जनताले गर्नुपर्ने बताए । “हामीले काम नगरेका भए जनताले आदेश दिनुपर्छ, म त्यसलाई पूर्ण रूपमा स्वीकार गर्न तयार छु,” उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार