डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ को नवनिर्मित वडाकार्यालय भवनमा तालाबन्दी गरिएको छ । स्थानियहरुले केही सरकारी सामग्रीहरु अनियमित रुपमा सारिएको भन्दै तालाबन्दी गरेका हुन ।
स्थानीय खडक साउदका अनुसार वडा कार्यालयका सोफा, कुर्सी, कार्पेटलगायतका सामग्रीहरू जनप्रतिनिधि तथा कर्मचारीहरूको घरमा लगिएको आरोप लगाइएको छ । यही विषयलाई लिएर असन्तुष्ट भएका स्थानीयहरूले कार्यालयमा तालाबन्दी गरेका हुन् । उत्तः वडा कार्यालय भवनको यही माघ २७ गते औपचारिक रूपमा उद्घाटन गरिएको थियो ।
यस घटनापछि, आईतबार बेलापुर प्रहरी कार्यालयलाई सामाजिक सञ्जालमार्फत सामग्रीहरू हिनामिना भएको जानकारी गराइए पनि कुनै प्रतिक्रिया नआएको स्थानीयको गुनासो छ । त्यसैले, उनीहरूले आवश्यक छानबिन तथा समाधानको माग गर्दै पालिकामा निवेदन दर्ता गराएको जनाएका छन ।
प्रतिक्रिया दनुहोस्