सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण, २४ वर्षीय राना पक्राउ

धनगढी : सेती प्रादेशिक अस्पतालमा डाक्टरमाथि आक्रमण भएको छ । सोमबार बिहान करिब ४ बजेको समयमा प्रादेशिक अस्पतालका डाक्टर बेदप्रकाश भट्टमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

भट्टमाथि आक्रमण गर्ने धनगढी उपमहानगरपालिका–१३ बस्ने २४ वर्षीय कृष्ण रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

khadya

उनका अनुसार राना अस्पतालमा रक्तचापसम्बन्धी बिरामी भएका बुवा रमतर रानाका कुुरुवा बसेका थिए । उनको बुजाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सोमबार बिहान डाक्टरले आईसीयूमा चेकजाँच गरेर फर्किने क्रममा रानाले आक्रमण गरेका हुन् । उनको आक्रमणबाट डाक्टरको चस्मा फुुटेको छ भने मुखमा सामान्य चोट लागेको छ । राना मानसिक रुपमा अस्वस्थ भएको बुझिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार