कैलालीमा फागुन ७ देखि गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता हुने

धनगढी : कैलालीमा जय पृथ्वी बहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। गौरीगंगा- ११ स्पोर्ट क्लब र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय स्तरको उक्त पाँचौँ संस्करणको फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको हो।

फागुन ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका सातवटै प्रदेशका टिम र एक आयोजक गरी आठवटा टिमको सहभागिता रहनेछ। गौरीगंगा नगरपालिका- ८ मा रहेको गौरीगंगा -११ को स्पोर्ट क्लबको खेल मैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् 

SHIKHAR COOL TECH

गौरीगंगा -११ स्पोर्ट क्लब र सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगितामा प्रथम पुरस्कार पाँच लाख नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार दिइनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५००० सहित ट्रफी दिइनेछ। प्रतियोगिता भरिको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोल रक्षक १५०००, उत्कृष्ट फरवार्ड १५०००, उत्कृष्ट गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार र फियर प्ले टिम १५ हजार पुरस्कार दिइनेछ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाइ छ। उक्त प्रतियोगिताबाट  खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च प्राप्त गर्ने खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार