एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन कैलालीको अध्यक्षमा प्रेम जोशी सर्वसम्मत चयन

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कैलालीको अध्यक्षमा प्रेम जोशी सर्वसम्मत चयन भएका छन्।

शनिवार धनगढीमा सम्पन्न अनेरास्ववियुको १७ औँ जिल्ला सम्मेलनबाट जोशीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको हो। प्रेम जोशी खप्तड बहुमुखी क्याम्पसको स्ववियु सचिव समेत हुन्।

SHIKHAR COOL TECH

सम्मेलनबाट उपाध्यक्षमा भुवन जैसी, धन राज जैसी, सचिवमा नियुना खनाल, सह–सचिवमा ऋतु बलायर, बसन्ती साउँद, सुशील जोशी र कोषाध्यक्षमा निर्मला भट्ट सर्वसम्मत चयन भएका छन्। सदस्यहरू समेत सर्वसम्मत चयन भएको बताईएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार