बाजुरामा बसको ठक्करबाट घाइते महिलाको हेलिकप्टर मार्फत उद्धार

बाजुरा : बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । आइतबार बिहान साँफे–मार्तडी सडक खण्ड अन्तर्गत बुढीगंगा नगरपालिका–१ अम्कोटमा बसको ठक्करबाट घाइते भएकी ३५ वर्षीय बिस्णा पाध्यायको थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको हो ।

उक्त दुर्घटनामा बिस्णाका ८ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामै मृत्यु भइसकेको छ । गर्भवती रहेकी बिस्णाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुर्खेत रेफर गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

Seti Hospital

आइतबार बिहान धनगढीबाट सदरमुकाम मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसिरहेका आमा छोरालाई ठक्कर दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार