बैतडी : बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) को शव दोस्रो दिन उठेको छ । कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन–६ बाट आफन्त पुगेपछि आइतबार प्रकाशकी आमाको शव उठेको हो ।
गाउँमा दमाई परिवारका एक्ला प्रकाशकी आमाको शव यात्रामा अन्य जातीय मानिस सहभागी हुन नमानेपछि शनिवार बिहान देखि मृत्यु भएकी ६१ वर्षीय आमा माना दमाइको शव आगनमै राखिएको थियो ।
आज निकालिएको शव यात्रामा १८ जना सहभागी भएको स्थानीयले बताएका छन् ।
आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई अन्तिम संस्कार गर्न पुख्र्यौली मसानघाट पाटन ल्याइएको प्रकाशले बताए । सिगास नजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले लास बोक्न नमानेपछि पाटनबाटै ट्याक्टर बोलाइएको थियो ।
प्रतिक्रिया दनुहोस्