काठमाडौं : उच्च शिक्षा अध्ययनका लागि १० वर्षको अवधिमा ६ लाख ३९ हजारभन्दा बढी नेपाली विद्यार्थी विदेश गएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्मको अवधिमा त्यति विद्यार्थी विदेश गएका हुन्।
मन्त्रालयअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उक्त अवधिमा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी गरिएको जनाएको छ।
तीन वर्षयता मात्रै एक लाखभन्दा बढी एनओसी जारी भएका छन्। विगतका वर्षहरूमा २८ हजारदेखि ६३ हजारको हाराहारीमा एनओसी जारी हुने गरेको थियो। आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ मा भने हरेक वर्ष एक लाखभन्दा बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको तथ्यांक छ।
आर्थिक वर्ष २०७७/०७८ मा २८ हजार ८८३ जनाले एनओसी लिएका थिए भने २०७८/७९ मा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएको जनाइएको छ। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा एक लाख १० हजार २१७ जनाले र गत आर्थिक वर्षमा एक लाख १२ हजार ९६८ जनाले एनओसी लिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दनुहोस्