बाजुरामा बसको ठक्करबाट दुई जना घाइते

बाजुरा : साँफे-मार्तडी राजमार्गमा पर्ने अम्कोटमा आइतबार विहान बसको ठक्करबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार धनगढीबाट मार्तडी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसी रहेको अवस्थामा बसले ठक्कर दिएर आमा छोरा घाइते भएको बताए ।

Seti Hospital

बसको ठक्करबाट घाइते भएकी पाध्याय र उहाँका छोरालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याइएको प्रहरी नायव उपरिक्षक गिरीले बताएका छन् ।

बसको ठक्करबाट घाइते भएकी पाध्यायको अवस्था मध्यम खालको भएपनि बालकको भने अवस्था गम्भीर रहेको प्रहरी नायव उपरिक्षक गिरीको भनाई रहेको छ । घाइते आमा छोराको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । बालकको अवस्था गम्भीर छ ।

बस चालक उपेन्द्र मडै र बस प्रहरीले निणन्त्रणमा लिएको छ । सवारी साधन संचालन गर्दा चाकलले हर्न नबजाउने र कतिपय नागरिकले बीच सडकमा बसी राख्ने भएकाले पनि दुर्घटना बढी निम्त्याउने गरेको प्रहरीको भनाई रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार