अखिल एन्फाले मिडफिल्डर आशिष राईको खुट्टा तीन ठाउँमा भाँचिएको बताए !

काठमाडौँ : नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको खुट्टा भाँचिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए।

उनको तीन ठाउँमा खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ। ३७औँ मिनेटमा युनानका मोरी डेलेले उनीमाथि ट्याकल गरेका हुन्। उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए। उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमार्फत मैदान बाहिर ल्याइएको थियो। लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको हो। मोरीले पनि घाइते भएका छन्।

आशिष् खेल्न नसक्ने भएपछि मुख्य प्रशिक्षक राजेश शाहीले ओमप्रकाश चौधरीलाई मैदान छिराएका थिए। जाँचपछि चिकित्सकले आशिषको खुट्टा भाँचिएको पुष्टि गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार