१२ वर्षपछि पक्राउ परेका ठकुरी काठमाडौं कारागार चलान

धनगढी : १२ वर्षअघि कैलाली कारागारबाट भागेका देवसिंह ठकुरीलाई हालै पक्राउ गरी काठमाडौं कारागारमा चलान गरिएको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैद भोगिरहेका ठकुरीलाई नेपाल–भारत सीमा नजिक कञ्चनपुरको गड्डाचौकीबाट पक्राउ गरिएको हो।

स्रोतअनुसार, उनी भारतमा लुकेका थिए र हालै मात्र चोरी मुद्दामा धरौटीमा छुटेका थिए। कैलाली प्रहरीको टोलीले उनीमाथि कञ्चनपुरबाट पक्राउ गरेको हो। उनलाई श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौंस्थित सुन्धाराको जगन्नाथ देवल कारागार पठाइएको छ।

उनले २०६४ मा गोदावरी नगरपालिकामा एक व्यक्तिको हत्या गरेका थिए, जसमा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार