जिप्रका बाजुरा परिषरमा प्रहरीहरुकै श्रमदानबाट निर्माण भयो पुस्तकालय

बाजुरा : जिल्ला प्रहरी कार्यालय बाजुरामा पुस्तकालय भवन निर्माण गरिएको छ । कार्यालय परिषरमा प्रहरीहरुकै श्रमदानबाट पुस्तकालय भवन निर्माण गरिएको हो ।

जिल्लामा स्थानीयहरुको पढाईप्रतिको आर्कषण बढाउने उद्देश्यले ‘बसिबियालो’ नामक पुस्तकालय निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।

Seti Hospital

उनले पुस्तकालयले जिल्लाबासीमा पढ्ने बानीको विकास गर्न सहयोग पु¥याउने अपेक्षा रहेको बताए । सो पुस्तकालयमा जिल्लाका नागरिकले दैनिक रूपमा आएर अध्ययन गर्न सक्ने गरी विभिन्न क्षेत्रसँग सम्बन्धीत पुस्तकहरू राख्ने व्यवस्था गरिएको बताईएको छ ।

प्रहरी नायब उपरिक्षक गिरीले पुस्तकालय भवन निर्माणको लागि आफूले व्यक्तिगत ४ लाख रुपैया सहयोग गरेको बताए । त्यसमा अन्य प्रहरी निरीक्षकहरू तथा जवानहरूको श्रमदानबाट करिब एक करोडभन्दा बढी पुस्तकालय निर्माणका लागि लगानी लागेको उनको भनाई छ ।

पुस्तकालयमा प्रख्यात पुस्तकहरू साथै चिया, कफी र मनोरञ्जनका लागि टेलिभिजन लगायतका सुविधाहरू पनि राखिने योजना रहेको उनले सुनाए । पुस्तकालय भवन निर्माणपछि पुस्तकहरूको व्यवस्थापन गरेर सबै नागरिकलाई सहज रूपमा पुस्तक पढ्ने वातावरण सृजना गरिने बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार