धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–४ को राजीपुरमा रहेको पुजा होटलमा यौन धन्दा हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले शुक्रबार होटलमा छापा हानेपछि उक्त होटलमा यौन धन्दा जस्ता अनैतिक क्रियाकलपा हुने गरेको पाइएको हो ।
यौन धन्दामा संलग्न जोडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहराले बताए ।
पक्राउ पर्नेमा होटल सञ्चालक गौरीगंगाका कर्ण, गौरीगंगाका हरी र धनगढी उपमहानगरपालिकाकी शान्ति रहेको डीएसपी बोहराले बताए । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्