२०८२ सालमा कुन-कुन दिन छ बिहेको साइत ?, असारमा छैन लगन !

काठमाडौं : आगामी वर्ष विवाहको तयारीमा रहेकाहरूलाई चासो होला, कुन-कुन दिन होला साइत? पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त पात्रो बजारमा आएसँगै जिज्ञासा मेटिने भएको छ।

२०८२ सालको वैशाखमा सबैभन्दा धेरै अर्थात् १२ दिन साइत छ। जेठमा आठ दिन विवाहको साइत छ। यो वर्ष जेठ २९ गते वृहस्पति अस्त हुने भएकाले असारमा विवाहको साइत छैन। वृहस्पति असार २२ गते मात्र उदय हुने भएकाले त्यो महिनामा साइत ननस्किएको  समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। 

Seti Hospital

सनातन समाजमा चतुर्मासभर विवाह गरिँदैन। यसकारण साउनदेखि कात्तिक महिनासम्म विवाहका साइत निकालिँदैन।

२०८२ सालको मंसिरमा सातवटा साइत छ।  यस्तै माघमा तीन र फागुनमा ९ वटा साइत रहेको पञ्चाङ्गमा उल्लेख छ। मङ्सिरको २७ गते पुनः वृहस्पति अस्त भई माघ १५ गते मात्र उदय हुने भएकाले यी दुई महिनामा पनि धेरै साइत नभएको अधिकारी बताउँछन्।

अहिले चलनमा रहेको ज्योतिषशास्त्रअनुसार पुस र चैतमा पनि विवाहको साइत निस्किँदैन।

हेर्नुहोस् २०८२ सालमा कुन-कुन दिन छ विवाहको साइत ? 

वैशाख

१, ३, ५, ७, ८ १६, १७ २२, २३, २८ ३० र ३१ गते

जेठ

१, २, ३, १४, १८, १९, २४ र २५ गते

मङ्सिर

५, ८, १३, १४, १८, १९ र २० गते

माघ

२१ २२ र २७ गते

फागुन

८, १२, १३, १४ २५, २६, २७, २८ र ३० गते।

व्रतबन्धको साइत

२०८२ सालमा वैशाख ५, १९ र २४ गते व्रतबन्धको साइत छ। फागुन ७ १४ र १५ गते तथा चैतको ६ र १५ गते साइत रहेको पञ्चाङ्गमा उल्लेख छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार