धनगढी । शैलेश्वरी बोर्डिङ स्कुलले सरसफाई कार्यक्रम गरेको छ । स्कुलले आफ्नो २२औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित उक्त स्कुलले वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व बहन गर्दै सरसफाई कार्यक्रम आयोजना गरेको जनाएको छ ।
सरसफाई कार्यक्रम अन्तर्गत स्कुलले स्कुलको १ हजार मिटर क्षेत्र वरपर सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा स्कुलका विद्यार्थी, शिक्षक, शिक्षिका लगायतको सहभागिता रहेको थियो ।
पछिल्लो समय धनगढी उपमहानगरपालिकाको प्रमुख प्राथमिकता रहेको सफा धनगढी अभियानलाई साथ दिँदै सरसफाई गरेको स्कुलले जनाएको छ । (फोटो फिचर)




प्रतिक्रिया दनुहोस्