सार्बजनिक बसमा तोडफोड गर्ने बाजुराका रावल प्रहरीको नियन्त्रणमा

डोटी : सार्बजनिक बसमा तोडफोड गर्ने बाजुराका रावललाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रवार राति डोटीको जोरायल गाउँपालिका–१ गैरा बजार स्थित भीमदत्त राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ना ७ ख ३२३६ नम्बरको बसमा होहल्ला गर्ने बाजुराको त्रिवेणी नगरपालिका–६ छतरा बस्ने २० वर्षीय झलक बहादुर रावललाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। रावलले मादक पदार्थ सेवन गरि बस चालक तथा अन्य यात्रुहरुसँग झगडा गरेको जनाइएको छ।

Seti Hospital

रावलले बसमा ढुङ्गा प्रहार गर्दा केही यात्रु घाइते भएका र बसको क्याबिनको ढोकाको सिसा फुटेको प्रहरीले जनाएको छ। उनीबिरुद्द जिल्ला प्रहरी कार्यालय डोटीमा मुद्दा दर्ता गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार