बैतडीको सुर्नयामा १ सय ५४ जना किशोरीहरुलाई लगाइयो एचपीभी खोप

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा १ सय ५४ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको छ।

गाउँपालिकामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भएको अभियान अन्तर्गत १ हजार ५४ जना किशोरीहरुलाई एचपीभी खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइएको हो।

सुर्नयामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ हजार ५३ जना छात्रा र विद्यालय बाहिर रहेकी एक किशोरी गरेर १ हजार ५४ जनालाई खोप लगाइएको उनले बताए। पालिकाभरी २७ ओटा खोपकेन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको थियो।

उक्त अभियान अन्तर्गत वडा नम्बर–१ मा ६९ जना, वडा नम्बर–२ मा १ सय ६९ जना, वडा नम्बर–३ मा ९७ जना, वडा नम्बर–४ मा १६९, वडा नम्बर–५ मा ८६ जना, वडा नम्बर–६ मा १७७ जना, वडा नम्बर–७ मा २०३ जना र वडा नम्बर–८ मा ८४ जना किशोरीलाई खोप लगाइएको महराले बताए।

पाठेघरको मुखको क्यान्सर हुन नदिनका लागि देशैभरी खोप अभियान सञ्चालनमा रहेको छ। सोही अभियान अन्तर्गत बैतडीका पालिकाहरुमा पनि अभियान सञ्चालन भएको हो। बैतडीका १० ओटै पालिकामा एचपीभी खोप अभियान सम्पन्न भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार