१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला बस्ने २२ वर्षीय चन्द्र प्रसाद नाथलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

१४ वर्षीया ती बालिकालाई चन्द्रप्रसादले सोही गाउँपालिका–४ स्थित बगब्डवामा पर्ने रानीवनको जंगलमा लगेर जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।

Seti Hospital

सोही उजुरीको आधारमा प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको टोलीले बिहीबार दिउँसो चन्द्रप्रसालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार