+2 (कक्षा १२) पास भएका सबै विद्यार्थीले जनरल नर्सिङ पढ्न पाउने

काठमाडौं : कक्षा १२ (प्लस टु)मा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीले पनि जनरल नर्सिङ विषय अध्ययन गर्न पाउने भएका छन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले यस्तो निर्णय गरेको हो ।

यससंगै अब जनरल नर्सिङ विषय प्लस टुमा जुनसुकै विषय लिएर अध्ययन गरेका विद्यार्थीहरूले पढ्न पाउँने भएका छन् । यसअघि विज्ञान विषय लिएर १२ कक्षा पास भएपछि मात्र स्नातक तहमा नर्सिङ (बिएस्सी नर्सिङ) विषय अध्ययन गर्न पाउने प्रावधान छ ।

Seti Hospital

यो निर्णयसँगै नेपालमा पहिलो पटक जनरल नर्सिङ विषयमा अध्ययन हुने भएको हो । त्यस्तै, चिकित्सा शास्त्र स्नातकोत्तर तह (पीजी) मा थप २०९ जना विद्यार्थीले निःशुल्क एमडी/एमएस गर्न पाउने व्यवस्था पनि लागु भएको छ ।

बुधबार बसेको आयोगको बैठकले सरकारी स्वास्थ्य संस्थामा २०९ सिट थप गर्ने निर्णय गरेको हो । यसैगरी बैठकमा निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यस अघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको थियो ।

हालसम्म मेडिकल कलेजहरूले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने व्यवस्था रहेको छ । यसअघि यही माघ २५ गते बसेको आयोगको १६ औँ बैठकले आवासीय चिकित्सक (विद्यार्थी) को आन्दोलनको माग सम्बोधन गर्दै निजी मेडिकल कलेजले सरकारी सरह (आठौँ तह) को मासिक ४८ हजार ४३६ रुपैयाँ निर्वाह भत्ता कायम गर्नुपर्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार