लोड गरि राखेको ८८ गोलिया काठ सहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

धनगढी : कैलालीमा ट्याक्टरमा लोड गरि राखेको ८८ गोलिया काठ सहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार जानकी गाउँपालिका–७ हिम्मतपुरमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोड गरि राखेको अवस्थामा दबदवे (ज्याङ्रग्रा) जातको ८८ गोलिया काठ बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त काठ बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। उक्त काठ र ट्याक्टर आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय टीकापुरको जिम्मा लगाइएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार