डडेल्धुरामा पनि विभिन्न कार्यक्रम गरी ३० औं जनयुद्ध दिवस मनाइयो !

डडेल्धुरा : डडेल्धुरामा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै जनयुद्ध दिवस मनाइएको छ। (बिहीबार) नेकपा माओवादी केन्द्र डडेल्धुराले ३० औं जनयुद्ध दिवस मनाएको हो।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टी कार्यालयमा सहिदको फोटोमा माल्र्यापण गरेर जनयुद्ध दिवस मनाएका माओवादी केन्द्र जिल्ला समन्वय समिति डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले बताए।

Seti Hospital

वि।सं। २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। जनयुद्ध दिवस संयोजक भट्टको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य भरत धानुक ‘पुकार’को आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

उता नेकपा माओवादी केन्द्र परशुराम नगर कमिटिले शहित परिवारलाई सम्मान गदैर्ए दिवस मनाएको छ । नगरपालिका लालढुंगा बजार नजिक रहेको रंगशालामा शहित परिवार सम्मानको आयोजना गर्दै दिवस मनाइएको नगर कमिटी अध्यक्ष शेर सिह मालले बताए । कार्यक्रममा माओवादी केन्द्रका नेता तथा निकट भातृ संगठनका नेताहरुको सहभागीता रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार