धनगढीमा आयोजित महायज्ञबाट ४ करोड ८३ लाख सङ्कलन

धजगढी : कैलालीको धनगढीमा मानव सेवा आश्रम धनगढी शाखाको भवन निर्माण मानवीय स्मारक निर्माणका लागि आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान विज्ञान महायज्ञ सम्पन्न भएको छ । बुधवार सम्पन्न महायज्ञमा भवन निर्माणका लागि ४ करोड ८३ लाख दान सङ्कलन भएको छ ।

माघ २३ देखि ३० गते सम्म सञ्चालित महायज्ञमा प्रमुख कथा वाचक भगवत् भाष्कर कमलनयन गौतम रहेका थिए । २०७५ मंसिर १ गतेदेखि धनगढीमा सेवा दिँदै आएको मानव सेवा आश्रम धनगढी शाखाको भवन निर्माणका लागि सहयोग जुटाउन महायज्ञ आयोजना गरिएको थियो ।

khadya

मानव सेवा आश्रम हाल धनगढी उपमहानगरपालिका –५ र धनगढी उपमहानगरपालिका –१५ मा भाडाको घरमा सञ्चालन रहेको छ । महायज्ञबाट सहयोग सङ्कलन गरेर धनगढी उपमहानगरपालिका–१५ उर्मीमा निर्माणाधीन भवन पुरा गर्ने योजना रहेको छ । हाल आश्रममा ८० जना बेसहारा, असहाय, अभिभावकहीनहरूले आश्रम लिइरहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार