एजेन्सी : भारतको उत्तर प्रदेशस्थित बरेली जिल्लामा बिहे भएको केही घण्टामै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । १२ घण्टाअघि मात्रै विवाह गरेका युवकको आफ्ना साथीहरूसँग मिठाई किन्न गाडीमा जाँदै गर्दा दुर्घटनामा ज्यान गएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बाटोमा सडक छेउमा राखिएको ट्रकसँग कार ठोक्किएको थियो । दुर्घटनामा दुलाहासहित २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मृतकको नाम सतीश हो । हालै उनले मिरगञ्जको संग्रामपुर गाउँकी स्वातीसँग विवाह गरेका थिए । दुवै परिवारमा हर्षोल्लासका साथ मनाइँदै थियो । सबै अनुष्ठान सकिएपछि बेहुलीलाई बिदाइ गरेर सम्पूर्ण परिवार घर पुगेका थिए ।
त्यसपछि राति केही आफन्तको बिदाईका लागि मिठाई ल्याउन भनिएको थियो । यसपछि दुलहा सतीश आफैं साथीहरूसँग मिठाई किन्न गएका थिए । तर बाटोमा दुर्घटना भयो र सतीशको शव घर पुग्यो । आजतकको रिपोर्टका अनुसार सतीश आफ्नो काका सचिन, भाउजू विजनेश, साथी रोहित र अन्य एक व्यक्तिसँग मिठाई किन्न कारमा शहरतर्फ गएका थिए। दुर्घटना इज्जतनगर प्रहरी चौकी इलाकामा भएको बताइएको छ ।
ढाबा नजिकै तीव्र गतिमा आएको कार अनियन्त्रित भई सडक छेउमा राखिएको ट्रकमा ठोक्किएको समाचारमा उल्लेख छ । विजनेशको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जना गम्भीर घाइते भएका थिए । यो खबर सुनेपछि बेहुली बेहोस् भएकी थिइन् ।
प्रतिक्रिया दनुहोस्