दार्चुला : दार्चुलामा जिप दुर्घटना भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर २ सुङरखालीबाट कौलेती जादै गरेको महाकाली करिडोरमा ठेकेदारको सामान ओसारपोसार गर्ने बा १ प ५२८८ नम्बरको बोलेरो जिप बुधवार बेलूकी तिर भम्काखोला भन्ने ठाउँमा दुर्घटनामा परेको लेकम गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिए ।
जिपमा चालक र सहचालक मात्रै सवार रहेको उनले बताए । उनिहरुले हाम फालेर ज्यान जोगाएका छन् । जीप सडकबाट अन्दाजी ६० मिटर तल खसेको बताइएको छ।
प्रतिक्रिया दनुहोस्