धनगढी : कैलालीको धनगढीबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
बुधवार राती धनगढी उपमहानगरपालिका – ३ व्यारेल नजिकबाट लागू औषध सहित गोदावरी नगरपालिका – १० का २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका – ७ का २५ वर्षीय धिरज राना पक्राउ परेका हुन ।
उनीहरूको साथबाट ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्