सुदूरपश्चिम र गण्डकी प्रदेशका प्रमुखबीच धनगढीमा बुधवार भेटवार्ता

धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको छ। दुवै प्रदेश प्रमुखबीच सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालय धनगढीमा बुधवार भेटवार्ता भएको हो।

उनीहरूबीच संविधानले दिएको अधिकारको दायरामा रहेर अन्तर प्रदेश समन्वर्य, असल र राम्रा काम अनुसरण गर्नेलगायत विषयमा कुराकानी भएको सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश प्रमुख भट्टलाई सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै प्रदेश प्रमुख मियाँले मायाको चिनो प्रदान गरेका थिए। सुदूरपश्चिम प्रदेशबाट प्रदेशको कार्यालयका प्रमुख नवराज ढुङ्गाना, प्रमुख स्वकीय सचिव साबिर अलीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार