अछाम जाँदै गरेको इभि भ्यान दुर्घटनाह हुँदा २ जना घाइते

धनगढी : धनगढी बाट अछाम जाँदै गरेको इभि भ्यान दुर्घटनाह हुँदा २ जना घाइते भएका छन्। जिल्लाको जोरायल गाउँपालिका–१ गैरा बजार स्थित भीमदत्त राजमार्गमा धनगढी बाट चौखुट्टे अछाम तर्फ जाँदै गरेको सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यानले सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएकोे प्रहरीले जनाएको छ।

अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ। घाइते हुनेमा परिचय नखुलेकी अन्दाजी २०/२२ वर्षीया एक महिला र डोटीको शिखर नगरपालिका–८ तिलतालीका वर्षीय चक्र बलायर रहेका छन्। उनीहरू दबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार