बैतडीको पाटनमा भिरबाट लडेर एक बिद्यार्थी गम्भीर घाईते

बैतडी : बैतडीको पाटनमा भिरबाट लडेर बिद्यालय जादै गरेकी छात्रा गम्भीर घाईते भएकी छन् । घाईते हुनेमा जिल्लाको पाटन नगरपालिका- २ मा पर्ने सिद्धनाथ मावि सिलंगामा कक्षा १० मा अध्ययरत १६ बर्षिया छात्रा सवित्री पाण्डेय रहेकी छन् ।

बुधबार बिहान बिद्यालय आउने क्रममा स्थानीय खेती भिरबाट लडेर घाईते पाण्डेयलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रधानाध्यपक लक्ष्मण बोहराले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

Seti Hospital

बेहोस अवस्थामा उपचारका लागि एम्बुलेसमार्फत डडेल्धुरा अस्पताल लगिएको छ । घनघस्याको फेदमा रहेको भुलकट्टे गाउँबाट दैनिक २५–३० जना विद्यार्थी विद्यालयमा आउने –जाने गर्दछन् । विद्यालयबाट डेढ घण्टाको दुरीमा रहेको उक्त गाउँ पुग्ने बाटो निकै असहज भएकाले दुर्घटनाको जोखिम बढेको प्रधानाध्यापक बोहराले बताए ।

विद्यालय आउने–जाने बाटो समेत सुधार नहुँदा समस्या भएको बताइएको छ । बालबालिकाहरुलाई उक्त बाटोमा आवतजावत गर्दा निकै जोखिम रहेको प्रधानाध्यापक बोहराको भनाइ छ । भिरबाट लडेर घाईते हुने क्रमम बढेकाले बिद्यार्थीहरुलाई बिद्यालय आवत आवत गर्दा सचेत हुन बिद्यालयले आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार