धनगढी : कैलालीबाट प्रहरीले ९ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार गौरीगंगा नगरपालिका–४ राजीपुरका अनिल केसीको घरबाट ९ जुवाडे पक्राउ परेका हुन ।
घरमा जुवा तास भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेका केसीसहितका ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले जुवाडेहरूको साथबाट ७४ हजार नगद बरामद गरेको छ ।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।
प्रतिक्रिया दनुहोस्