काठमाडौं : मंगलबार नेप्से परिसूचक ६.५४ अंक बढेको छ । पछिल्ला ५ कारोबार दिन घटेको नेप्से बढ्दा २६८३.८६ विन्दुमा उक्लिएको छ । नेप्सेसँगै फ्लोट इण्डेक्स ०.५४ अंक, सेन्सेटिभ इण्डेक्स ०.५० र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक बढेका छन् ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि बढेको छ। सोमबार ६ अर्ब ९६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ७२ हजार ९४ पटकको कारोबारमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ४ स्टकको शेयर सकारात्मक सर्किट लाग्यो । सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेको हो ।
कारोबार रकमका आधारमा आज सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रह्यो । कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ५ उपससमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ।
प्रतिक्रिया दनुहोस्