एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा यतिबेला क्लब फुटबलका लागि ग्रीसमा छिन् । उनलाई ग्रीक महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि अनुबन्ध गरेको थियो ।

यस्तोमा, उनको जीवनकथामा आधारित फिल्म ‘अन्जिला’को मर्मस्पर्शी र सशक्त टिजर मंगलबार युट्युवमा सार्वजनिक भएको छ । फिल्मको शीर्ष भूमिकामा एन्जिला स्वयमले अभिनय गरेकी छन् ।

khadya

दुर्गम जन्मथलोबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षसम्मको कथा फिल्ममा चित्रण छ । जसको महत्वपूर्ण दृश्य टिजरमा समेटिएको छ । घाँसदाउरा गर्दै र परिवारको असहमतिबीच उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने संक्षिप्त दृश्य टिजरमा छ ।

मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बरालका कलाकार पनि छन् ।

प्रेम कुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ । ‘अन्जिला’ फागुन २९ मा प्रदर्शन तयारीमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार